तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित मगर जातजातिहरूको बाहुल्यता रहेको पर्यटकीय रामकोट गाउँ । बन्दीपु्र पुग्ने पर्यटक ग्रामीण परिवेश, मौलिक रहनसहन, कला–संस्कृति अनुभव बटुल्न रामकोट पुग्ने गरेका छन् । रामकोटमा पर्यटकका लागि सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । तस्बिरः रासस
आजको तस्बिर
तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिर । सहिद शान्ति पार्कभित्र रहेको मन्दिर धार्मिक गन्तव्यस्थलका रुपमा विकास भएको छ ।
आजको तस्बिर
उपल्लो मुस्ताङको प्रवेशद्धार मानिने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित कागबेनी । पितृ तर्पण र स्नान गर्न आउनेहरू प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन गरी फर्किन्छन् । वि.स २०८० साल साउन महिना महिनामा अपत्यारिलो बाढीसँगै बगेको कागबेनी पुनर्निर्माणसहित लयमा फर्किदा अहिले कृषि तथा व्यवसायका लागि धमाधम होटल बन्न थालेका छन् ।
आजको तस्बिर
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेशनमा निर्माण गरिएको शिवको मूर्ति ।तस्बिरः रासस
आजको तस्बिर
तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण गरिएको मिनी ग्रेटवाल । मिनी ग्रेटवाल बन्दीपुर पुग्ने पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : रासस